कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले शिवशक्ति श्रीविद्यापीठ गुरुकुल विद्याश्रम, लम्कीका वटुकहरूको भोजन व्यवस्थापनका लागि ५० हजार बराबरको खाद्यसामग्री हस्तान्तरण गर्नु भएको छ।
मंगलबार नगरप्रमुख शाहीको सहयोगमा उपलब्ध गराइएको उक्त खाद्यसामग्रीमा चामल, दाल, तेल, घिउ, चना, चिउरा, आलु, चिनी, चियापत्ती, सोयाबिन, पिठो, गेडागुडी तथा विभिन्न मसलाहरू रहेका छन्।
खाद्यसामग्री हस्तान्तरण कार्यक्रममा गुरुकुलका संस्थापक परमाध्यक्ष स्वामी निःशेषानन्द गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद लम्साल, समाजसेवी खडानन्द सापकोटा, योगगुरु तर्कबहादुर थापा, मातृशक्ति अध्यक्ष कल्पना गिरी, रमा खड्का, समाजसेवी पूर्णप्रसाद आचार्य, कोषाध्यक्ष जयलाल न्यौपाने, चन्द्रमौलेश्वर धामका भक्तजन तथा गुरुकुलका गुरु र वटुकहरूको उपस्थिति रहेको थियो।
गुरुकुलले लम्कीचुहा नगरपालिकाबाट यसअघि पनि नगर अनुदानअन्तर्गत शिक्षक दरबन्दी, कार्यालय सहयोगी, भवन निर्माण, सूचना तथा सञ्चार प्रविधि (ICT) सामग्री, भोजनालय निर्माण, कक्षाकोठा तथा अतिथि कक्षको व्यवस्थापन, फर्निचर खरिद तथा धार्मिक पुस्तकालय स्थापनालगायत विभिन्न क्षेत्रमा सहयोग प्राप्त गर्दै आएको जनाएको छ।
कार्यक्रममा नगरप्रमुख शाहीले शिक्षा संस्कार र वैदिक परम्पराको संरक्षणमा गुरुकुलले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।