Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ४ कोटागढि बजारका भित्री बाटाहरु आरसिसि सडक बन्दै

  • कैलाली दर्पण
  • सोमवार, असार ८, २०८३
बर्दगोरिया ४ कोटागढि बजारका भित्री बाटाहरु आरसिसि सडक बन्दै

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने कोटागढी बजारका भित्री सडकहरु आरसिसिमय बन्ने भएका छन् ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले २४ लाख विनियोजन गरेपछि हिलाम्य र धुलाम्य बजारका भित्री सडकहरु अव पक्की र आकर्षक बन्ने छन् ।१ सय ४२ मिटर आरसिसि बन्ने बजारका ३ वटा भित्री सडकको कामको आइतबार गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले पालिकाभरी सडक सुधारको अभियान चलाएको बताउनु भयो । “बजेटले भ्याए सम्म कालोपत्रे र आरसिसि गर्ने कामको थालनी गरेका छौ । नभ्याएका ठाउँहरुमा पानिपिचको काम गरेर पनि नागरिकलाई आवागमनमा सहज बनाउने प्रयास गरेका छौ । बजार समितिको चासो चिन्ता र हामी सबैको प्रयास अनि एक्यबद्धताले आज यस ठाउँमा सडक बन्दै छ । विकासका लागि सबैजना यसरी लाग्न आवश्यक छ ।” उहाँले भन्नुभयो ।

सडक निर्माण सुभारम्भ कार्यक्रममा सहभागी बजार समितिका पूर्व अध्यक्ष तथा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले आफू बजार समितिको अध्यक्ष भएदेखी नै यस बजारको विकासका लागी निरन्तर लागेको बताउँदै कोटागढीलाई खेलकुदको हबको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो ।

१८ लाखमा ३ वटा भित्री सडक असार १५ भित्र सम्पन्न गर्ने गरी दिपज्योती कन्सट्रक्सन बौनियाँले ठेक्का पाएको छ । बर्षादमा हिलो र हिउँदमा धुलोले आक्रान्त बनेका बजारबासी आरसिसि सडक बन्ने भएपछी हर्षित बनेका छन् । “हाम्रो आग्रह र समस्यालाई मध्यनजर गरी गाउँपालिकाले बजेटको व्यवस्थापन गरिदिनु भएको छ । सडक बन्ने कुराले हामी अत्यन्त खुशी भएका छौ ।” बजार समितिका अध्यक्ष मग्ना चौधरीले भन्नुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट