८ असार/ कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरमा रहेको सूर्योदय ग्रामीण विद्युत सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभाबाट धर्मबहादुर शाही अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
साधारणसभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा चेतनाथ ढकाल, सचिवमा भुवाने कार्की तथा कोषाध्यक्षमा महेश कुमार भण्डारी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा नरबहादुर बलामी मगर, देवेन्द्रबहादुर रोकाय, रामप्रसाद भाट, मिलनप्रसाद जैसी र विमला देवी भण्डारी चयन भएका छन्।
लेखा समिति संयोजकमा भीष्मबहादुर शाही तथा सदस्यमा सर्वबहादुर रावल सर्वसम्मत चयन भएका छन्।
साधारणसभाले सहकारीको आगामी कार्यदिशा, सेवा विस्तार तथा संस्थागत विकासका विषयमा समेत छलफल गरेको जनाइएको छ।