Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७ सय बढी लाभान्वित

  • कैलाली दर्पण
  • बिहिबार, असार ४, २०८३
बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७ सय बढी लाभान्वित
Oplus_16908288

कैलाली — बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को आयोजनामा दोदोधरा अस्पतालमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमार्फत ७ सय ३ जनाको आँखा परीक्षण निःशुल्क गरिएको जनाइएको छ।

शिविरमा पहिचान भएका बिरामीहरूमध्ये ८० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनेछ। त्यसैगरी, १ सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने सामान्य समस्या भएका बिरामीहरूलाई आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।

कार्यक्रमबारे बोल्दै वडा अध्यक्ष मिथुन गौतमले वडा बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय नागरिकले घर नजिकै आँखा सम्बन्धी उपचार पाउने वातावरण सिर्जना गर्नु वडाको प्राथमिकता रहेको पनि उल्लेख गर्नुभयो ।

स्थानीय स्तरमै स्वास्थ्य सेवा विस्तार गर्न यस्ता शिविरहरू प्रभावकारी बन्दै गएको स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार
ताजा अपडेट