Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना चयन

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ ३१, २०८३
घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना चयन

३१जेठ /घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन भएका छन्।

आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

गत मंसिरमा स्थापना भएको घोडाघोडी सञ्चारकर्मी समूहको तदर्थ समितिको नेतृत्वसमेत सम्हाल्दै आएका ढुङ्गाना अधिवेशनमार्फत निर्वाचित पहिलो कार्यसमितिको अध्यक्ष बनेका हुन्। २०६८ सालदेखि रेडियो कैलालीबाट पत्रकारिता सुरु गरेका ढुङ्गाना ‘निर्भीक पोष्ट’का प्रकाशकसमेत हुन्।

कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा ज्योति बोहरा, कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत चयन भएका छन्।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव इन्द्रा कुमारी केसी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा तथा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनकराज पाध्याय ,सन्चारकर्मी चाँदनी आचार्य ,नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य लिला जंग शाही, भानुभक्त आचार्य,प्रकाश मिश्र, लोक देउवा लगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन्।

नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सञ्चारकर्मीहरूको साझा संस्थामार्फत पत्रकारहरूबीचको एकता, पेशागत क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका साझा मुद्दामा सहकार्य गर्दै संस्थालाई सक्रिय रूपमा अघि बढाइने बताए। उनले सबै सञ्चारकर्मीको हित र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर संस्थाले काम गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
ताजा अपडेट