Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा उद्योग वाणिज्यको अध्यक्षमा दिपक तिमिल्सेना र कोषाध्यक्षमा तपेन्द्र ढकाल विजयी

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ १६, २०८३
लम्कीचुहा उद्योग वाणिज्यको अध्यक्षमा दिपक तिमिल्सेना र कोषाध्यक्षमा तपेन्द्र ढकाल विजयी

बौनिया/लम्कीचुहा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दिपक कुमार तिमिल्सेना निर्वाचित भएका छन्।

भरखरै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार दिपक कुमार तिमिल्सेनाले १४३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी खडानन्द सापकोटालाई २९ मतले पराजित गरेका हुन्। सापकोटाले ११४ मत प्राप्त गरेका थिए।

त्यसैगरी कोषाध्यक्ष पदमा तपेन्द्र ढकाल १६८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी अमित भण्डारीले ८७ मत प्राप्त गरेका छन्।

संघका अन्य सबै पदमा भने यसअघि नै उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भइसकेका छन्। नयाँ नेतृत्वमा उद्योगतर्फ उपाध्यक्षमा मनिराम न्यौपाने, वाणिज्यतर्फ उपाध्यक्षमा पदमराज जैशी, वस्तुगततर्फ उपाध्यक्षमा गणेशराज ओली, महासचिवमा पुष्पराज ढकाल तथा सचिवमा संजय बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनमा कुल ३५८ मतदातामध्ये २७० मत खसेको थियो। नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा संस्थाको सुदृढीकरणमा जोड दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट