कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अब एमबीबीएस अध्ययन सुरु हुने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विश्वविद्यालयमा एमबीबीएससहित चार वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेको हो।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नयाँ शैक्षिक सत्रदेखि नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन्।
स्वास्थ्य शिक्षा पहुँच विस्तार गर्दै सुदूरपश्चिममै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सरकारले गेटा विश्वविद्यालयलाई चिकित्सा शिक्षाको प्रमुख केन्द्रका रूपमा अघि बढाउन लागेको जनाएको छ। यस निर्णयसँगै अब सुदूरपश्चिमका विद्यार्थीलाई उच्च चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।