Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमका धार्मिक क्षेत्र विकास गर्न संघीय सरकारको विशेष योजना

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ १५, २०८३
सुदूरपश्चिमका धार्मिक क्षेत्र विकास गर्न संघीय सरकारको विशेष योजना
Oplus_16908288

कैलाली — सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासका लागि विशेष योजना अघि सारेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वर्णिम वाग्ले ले सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्द्धन गरिने बताएका हुन् ।
योजनाअन्तर्गत रामारोशन, खप्तड क्षेत्र, बडीमालिका, शैलेश्वरी मन्दिर, उग्रतारा मन्दिर तथा मल्लिकार्जुन मन्दिर क्षेत्रलाई समेटिने जनाइएको छ ।

सरकारले धार्मिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेर योजना अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट