Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अभिभावक भेला तथा पुरस्कार वितरणसँगै ‘बसन्त मुरारी कप २०८३’ उद्घाटन

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ १५, २०८३
अभिभावक भेला तथा पुरस्कार वितरणसँगै ‘बसन्त मुरारी कप २०८३’ उद्घाटन

१४ जेठ/कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियास्थित बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला तथा विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनुभएको थियो।

विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष प्रेम भक्त जोशी, मोहन्याल माविका प्रधानाध्यापक चन्द्रिका जोशी तथा अभिभावकका तर्फबाट तीर्थराज उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमकै अवसरमा विद्यालयद्वारा आयोजित “बसन्त मुरारी कप २०८३” को समुद्घाटन गाउँपालिका अध्यक्ष  कर्ण बहादुर कुँवरले गर्नुभएको थियो।

यसैगरी कार्यक्रममा विद्यालयका असल अभिभावकतर्फ मोतिकला जैसी, शिक्षकतर्फ खड्क बहादुर कुँवर, खगेन्द्र आचार्य र शशी शाही,  भोजराज महत्तो,कर्मचारीतर्फ शिपत कठरिया, पत्रकारतर्फ निर्मला शाही तथा पूर्वविद्यार्थीतर्फ पुष्कल डगौरालाई खादा, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

यस्तै विद्यालयले २०८१ सालको कक्षा ८ परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः मोनिका डगौरा, हेमन्त धामी र बिबिका खड्कालाई नगदसहित सम्मान गरेको छ। साथै, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सोनम कुँवर, अमन चौधरी र अबिसरा सिंहलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले मिना न्यौपाने उपाध्याय अक्षयकोषबाट प्रा.वि. तह प्रथम तुल्सी गिरि, नि.मा.वि. तह प्रथम अनुज्ञा जोशी, मा.वि. तह (कक्षा ९–१०) प्रथम सोनम कुँवर तथा मा.वि. तह (कक्षा ११–१२) प्रथम अञ्जली चौधरीलाई नगदसहित पुरस्कृत गरेको थियो।

यसैगरी समग्र विद्यालयतर्फ उत्कृष्ट विद्यार्थी घोषित अनुज्ञा जोशी तथा अनुशासित विद्यार्थीका रूपमा मेनुका चौधरीलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बढी पदक जित्ने छात्र सञ्जीव रावल र छात्रातर्फ अरुणा अधिकारीलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक प्रभुनाथ रिमालले गर्नुभएको थियो। कार्यक्रममा बालकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गड्शिला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त जोशीलगायत अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय  उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट