कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिकामा आजदेखि नि:शुल्क रेबिज खोप शिविर सुरु गरिएको छ। गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा कुकुर तथा बिरालोमा लाग्ने घातक रेबिज रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको हो।
गाउँपालिकाका अनुसार शिविर बर्दगोरिया गाउँपालिकाको कार्यालय तथा वडा नम्बर ६ स्थित पशु सेवा इकाइबाट सञ्चालन भइरहेको छ। यस अभियानमार्फत स्थानीयस्तरमा रहेका घरपालुवा कुकुर तथा बिरालोलाई खोप लगाइनेछ।
रेबिज जस्तो प्राणघातक रोगबाट मानिस तथा पशुको सुरक्षाका लागि खोप अत्यन्त प्रभावकारी उपाय भएकाले सबै पशुपालकलाई आफ्नो कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा खोप लगाउन पशु शाखा प्रमुख जय प्रसाद कोईरालाले आग्रह गर्नुभएको छ ।
गाउँपालिकाका यस्ता कार्यक्रमले जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।