बौनिया/कैलालीको मोहन्याल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको एसईई २०८२ नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार शान्ति माध्यमिक विद्यालय फलेबिसौना गाउँपालिकाभित्र प्रथम स्थान हासिल गर्न सफल भएको छ।
शान्ति माविबाट परिक्षामा सहभागी ३९ जना विद्यार्थीमध्ये २६ जना उत्तीर्ण भएका छन्। विद्यालयले ६६.६७ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ।
यसैगरी महेन्द्र माध्यमिक विद्यालय कोल्तडीबाट १४ जना मध्ये ९ जना उत्तीर्ण भई ६४.२९ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ।
यस्तै त्रिवेणी माध्यमिक विद्यालय, बढीगाउँ ४४ जना मध्ये २६ जना उत्तीर्ण भई ५९.९ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ।
गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमध्ये कुल २०७ जना विद्यार्थी सहभागीमध्री १०२ जना उत्तीर्ण भएका छन्। समग्रमा गाउँपालिकाको उत्तीर्ण प्रतिशत ४०.८ रहेको छ।
पालिका भित्रका विद्यालयहरूको नतिजा अनुसार शान्ति माविले यस वर्ष उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान सुरक्षित गरेको छ।