२९ बैशाख/ लम्कीचुहा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये श्री राष्ट्रिय माध्यमिक विद्यालयले एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको छ।
विद्यालयबाट परीक्षामा सहभागी ५७ जना विद्यार्थीमध्ये ३७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले ६४.९१ प्रतिशत नतिजा हासिल गर्दै नगरपालिकाभित्र पहिलो स्थान बनाउन सफल भएको हो।
नगरपालिकाका २२ वटा सामुदायिक विद्यालयमध्ये गप्का स्थित राष्ट्रिय माविले उत्कृष्ट प्रदर्शन गरेको तथ्य सार्वजनिक नतिजाले देखाएको छ।
त्यसैगरी श्री राष्ट्रिय नव जागृत माध्यमिक विद्यालय चुहाले ५९ जना सहभागीमध्ये ३५ जना उत्तीर्ण गराउँदै ५९.३२ प्रतिशतसहित दोस्रो स्थान हासिल गरेको छ।
यस्तै श्री जनसेवा माध्यमिक विद्यालयका ८४ जना विद्यार्थीमध्ये ४६ जना उत्तीर्ण भएका छन्, जुन ५४.७६ प्रतिशत हो। विद्यालय तेस्रो स्थानमा रहेको छ।
उता श्री राष्ट्रिय माध्यमिक विद्यालय थापापुरको नतिजा शून्य रहेको छ।
समग्रमा नगरपालिकाका २२ वटा सामुदायिक विद्यालयबाट सहभागी १ हजार २ सय ९४ जना विद्यार्थीमध्ये ४ सय ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ३३.८५ प्रतिशत हो।