बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बालबाटिका विद्या मन्दिरले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विद्यालयले एक कार्यक्रमका बीच नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार अधिकांश विद्यार्थीले राम्रो प्रदर्शन गरेका छन् भने केही विद्यार्थी उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छन् । विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रमोद मल्ल, प्रिन्सिपल हर्क ओड, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै प्रिन्सिपल हर्क ओडले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नतिजा कार्यक्रमलाई समापन गर्दै संस्थापक प्रमोद मल्ल्ले आफ्नो बच्चालाई अरु को बच्चा संग तुलना नगर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । सबै बच्चा संग फरक क्षमता हुन्छ सोही अनुसार बच्चाको व्यबहार बुझेर अगाडी बढाउन अभिभावकहरुलाई सुझाव दिनुभयो ।
विद्यालयले बिधालय टप गर्ने मावी तहमा कुनाल परियार र नि मा वि तह मा उत्कृष्ट हासिल गर्ने बिनिता साउदलाई समेत प्रमाणपत्रले सम्मान गरेको छ ।