Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली जिल्ला खेलकुद समितिको अध्यक्षमा दिनेश भण्डारी मनोनयन

  • कैलाली दर्पण
  • बुधबार, बैशाख २, २०८३
कैलाली जिल्ला खेलकुद समितिको अध्यक्षमा दिनेश भण्डारी मनोनयन

२ बैशाख/सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ बमोजिम कैलाली जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा दिनेश भण्डारी मनोनयन हुनुभएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आज बसेको बैठकको निर्णयअनुसार भण्डारीलाई उक्त जिम्मेवारी प्रदान गरिएको परिषद्का सदस्य प्रमोद मल्लले जानकारी दिनुभयो। खेल क्षेत्रको विकास, व्यवस्थापन तथा जिल्लास्तरमा खेल गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई अध्यक्षमा मनोनयन गरिएको हो।

नवनियुक्त अध्यक्ष भण्डारीले खेलकुदको समग्र विकास, खेलाडी उत्पादन तथा पूर्वाधार विस्तारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले जिल्लामा रहेका खेल प्रतिभालाई प्रोत्साहन गर्दै सुदूरपश्चिम प्रदेशलाई खेलकुद क्षेत्रमा अग्रणी बनाउन पहल गर्ने बताउनुभयो।

स्थानीय खेलकुदकर्मी तथा सरोकारवालाहरूले भण्डारीको मनोनयनसँगै कैलालीमा खेलकुद क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट