Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सरस्वती माविको५३औँ वार्षिकोत्सव,शिक्षक–अभिभावक संघ गठन तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, चैत्र २९, २०८२
सरस्वती माविको५३औँ वार्षिकोत्सव,शिक्षक–अभिभावक संघ गठन तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

२९ चैत्र/कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयले आफ्नो ५३औँ वार्षिकोत्सव, अभिभावक भेला, वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत आयोजित शिक्षक–अभिभावक भेलाले नवराज देवकोटाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ सर्वसम्मत रूपमा गठन गरेको छ।

विद्यालयले प्रत्येक कक्षामा उत्कृष्ट जी.पी.ए. हासिल गर्ने विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरूलाई सम्मान गरेको छ। उमावि तर्फ बिर्खलाल न्यौपाने, निमावि तर्फ राजेन्द्र प्रसाद चौधरी र प्रावि तर्फ पार्वती सन्ज्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, दुई जना उत्कृष्ट अभिभावकलाई पनि सम्मान गरिएको छ।

पूर्व शिक्षक भिमदत्त बिनाडीद्वारा स्थापना गरिएको ‘मनिराज–गोमती अक्षयकोषबाट कक्षा १२ का विद्यार्थी लोकेश चौधरी र चित्रा आचार्यलाई जनही ३/३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, समाजसेवी जगत बहादुर बमद्वारा स्थापना गरिएको ‘रणलक्ष्मी अक्षयकोष’बाट कक्षा १० का सुमित बिक र इन्दिका चौधरीलाई जनही ५/५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ।

शिक्षक–अभिभावक संघकी अध्यक्ष अनिता सार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरी प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष राम प्रसाद चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा हास्य कलाकार मनिष खड्काको प्रस्तुति तथा थारु समुदायका सांस्कृतिक नृत्यसहित विद्यार्थीहरूको आकर्षक प्रस्तुति रहेको थियो।

कार्यक्रम शिक्षक तथा सूचना अधिकारी बिरेन्द्र न्यौपानेको स्वागत मन्तव्यसँगै सुरु भएको थियो भने प्रधानाध्यापक डेबिट बहादुर शाहीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट