Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सर्वोदय विद्या मन्दिरको २५औँ वार्षिकोत्सव तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, चैत्र २८, २०८२
सर्वोदय विद्या मन्दिरको २५औँ वार्षिकोत्सव तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

२८ चैत्र/कैलालीको लम्कीचुहा नगरपालिका–८, गप्कामा अवस्थित सर्वोदय विद्या मन्दिरले आफ्नो २५औँ वार्षिकोत्सव तथा वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी उप–प्रमुख जुना चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। त्यसैगरी वडा नं. ८ का अध्यक्ष हरिराम चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

उक्त अवसरमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका हास्य कलाकार दीपेन्द्र ओलीले आफ्नो प्रस्तुती मार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका थिए।

विद्यालयका प्रिन्सिपल कमल शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सञ्चारकर्मी मञ्जु भण्डारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य दीपा रावत, वडा सदस्य दुर्गा प्रसाद डाँगी, सहारा घरका सञ्चालक बलबहादुर बिष्ट लगायत अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमार्फत स्थानीय स्तरमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट