Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा निर्वाचित

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र २४, २०८२
शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा निर्वाचित

कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७औं साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट अध्यक्षमा दल बहादुर तिरुवा निर्वाचित भएका छन्।

नयाँ नेतृत्वसँगै संस्थाका अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा रुपा देवी विश्वकर्मा, राधा वि.क, लक्ष्मण रेग्मी मगर, विमलबहादुर कठायत र कालु तिरुवा निर्वाचित भएका छन्।
संस्थाको लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा नन्दाराम विष्ट निर्वाचित भएका छन् भने विद्युत उपसमिति संयोजकमा यज्ञराज बन्तोला चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष तिरुवाले संस्थालाई अझ पारदर्शी, जिम्मेवार र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय विद्युत सेवा विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको विकास र उपभोक्ताको हितका लागि सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए।

नयाँ कार्यसमितिले आगामी दिनमा विद्युत सेवा सुधार, मर्मत–सम्भार व्यवस्थापन तथा उपभोक्तामैत्री सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट