Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लागू औषध दुर्व्यशन विरुद्ध बर्दगोरिया कलेजमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न 

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र २०, २०८२
लागू औषध दुर्व्यशन विरुद्ध बर्दगोरिया कलेजमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न 
oplus_0

२०चैत/कैलालीको बर्दगोरिया कलेजमा लागू औषध दुर्व्यशन  सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक डम्बर बिष्टले सहजीकरण गर्नुभएको थियो ।

बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासान कार्यालय कैलालीकि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी , प्रशासकीय अधिकृत शिवराज जोशी लगाएतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणका क्रममा निरीक्षक बिष्टले लागू औषधको परिचय, यसको दुर्व्यशनबाट पर्ने शारीरिक, मानसिक तथा सामाजिक असरका विषयमा विस्तृत जानकारी दिनुभएको थियो । साथै, युवावर्गमा बढ्दो लागू औषध प्रयोगलाई नियन्त्रण गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले लागू पदार्थ सेवनका कारण उत्पन्न हुने कानुनी जटिलता तथा त्यससँग सम्बन्धित कारबाहीका विषयमा जानकारी दिनुभएको थियो । उहाँले लागू औषध सम्बन्धी अपराधमा संलग्न भएमा कानुन अनुसार कडा सजाय हुने भएकाले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

कलेजले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्नुका साथै समाजलाई सुरक्षित र स्वस्थ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बर्दगोरिया कलेज का कलेज व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, क्याम्पस प्रमुख चन्द्रा खरेलको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट