कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरेनीमा आगलागी पीडित परिवारलाई रेड्क्रसद्वारा राहत सामग्री वितरण गरिएको छ।
गत चैत १० गते राति करिब १२ बजे स्थानीय शेर बहादुर साउँदको गोठमा आगलागी हुँदा ४ वटा बाख्रा जलेर नष्ट भएका थिए। बाख्रा बचाउने क्रममा घरधनी साउद समेत आगोमा परी घाइते भएका छन्। हाल उहाँको काठमाडौंमा उपचार भइरहेको छ।
आगलागीबाट प्रभावित साउद परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा चुहाको पहलमा त्रिपाल, कम्बल तथा भाँडा-बर्तन लगायतका राहत सामग्री उपलब्ध गराइएको हो।
राहत वितरण कार्यक्रममा उपशाखाका सभापति जुगराम चौधरी, उपसभापति रुपा ऐडी, सचिव जनक बिष्ट, कोषाध्यक्ष लिला जंग शाही तथा सह–कोषाध्यक्ष जयप्रकाश जोशी लगायतको उपस्थिति रहेको थियो।
