Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १३, २०८२
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १४ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण समारोह धार्मिक एवं सांस्कृतिक विधिअनुसार सम्पन्न गरिएको थियो। कार्यक्रममा १०८ जना बटुकले स्वस्तिवाचन गरेका थिए भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका थिए। साथै ७ जना ब्राह्मणले शंखनाद गरेका थिए।

बालेन नेतृत्वको सरकारका मन्त्रीहरू
बालेन्द्र शाह – प्रधानमन्त्री
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्र मन्त्री
सोविता गौतम – कानून मन्त्री
विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
सुधन गुरुङ – गृहमन्त्री
प्रतिभा रावल – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला मन्त्री
विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्री
गीता चौधरी – कृषि तथा पशुपन्छी विकास तथा वन वातावरण मन्त्री
दिपक कुमार साह – श्रम, रोजगार मन्त्री
सस्मित पोखरेल – शिक्षा, युवा तथा खेलकुद मन्त्री
खडक पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री
सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
निशा मेहता – स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री

प्रधानमन्त्रीले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नै जिम्मामा राखेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट