Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालबाटिका विद्या मन्दिरमा कक्षा १० का विद्यार्थीलाई बिदाई

  • कैलाली दर्पण
  • सोमवार, चैत्र ९, २०८२
बालबाटिका विद्या मन्दिरमा कक्षा १० का विद्यार्थीलाई बिदाई

कैलालीको बर्दगोरिया गाउँपालिकास्थित नव बालबाटिका विद्या मन्दिरमा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेका छन्।

कक्षा ९ का विद्यार्थी राहुल रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रमोद मल्ल प्रमुख अतिथि तथा प्रिन्सिपल हर्क ओड विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक मल्लले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रति दृढता आवश्यक हुने बताए। उनले असफलताबाट नडराई सिक्दै अगाडि बढ्न आग्रह गर्दै सकारात्मक सोच, समयको सदुपयोग र आत्मविश्वासले लक्ष्यसम्म पुग्न मद्दत गर्ने उल्लेख गरे।

त्यस्तै, प्रिन्सिपल ओडले विद्यार्थीहरूलाई शिक्षित भई सामाजिक रूपमा जिम्मेवार, सचेत र सक्षम नागरिक बन्नुपर्नेमा जोड दिए। उनले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै एसईई परीक्षामा राम्रो प्रदर्शन गर्न आग्रह गरे।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का दाजुभाइ तथा दिदीबहिनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा शिक्षक–शिक्षिकाहरूले पनि विद्यार्थीहरूलाई आगामी एसईई परीक्षामा सफल हुन सुझाव तथा प्रेरणा दिएका थिए।

बिदाई कार्यक्रममा सहभागी कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू साझा गर्दै कक्षा ९ का साथीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट