Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जन्मोत्सवमा लक्ष्मी शाहीद्वारा १३ विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ८, २०८२
जन्मोत्सवमा लक्ष्मी शाहीद्वारा १३ विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

८ चैत/कैलालीको लम्कीचुहा नगरपालिका–१०, हिरापुर चुहास्थित श्री राष्ट्रिय नव जागृत माध्यमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी देवी शाहीले आफ्नो ५०औँ जन्मोत्सव सामाजिक कार्य गर्दै मनाएकी छन्।

जन्मोत्सवको अवसरमा शाहीले विद्यालयका १३ जना विपन्न अपाङ्गता विधार्थिहरु लाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण गरेकी हुन्।

साहीले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन्।

कार्यक्रममा समाजसेवी जनक बहादुर बम, कार्यवाहक वडा अध्यक्ष गितादेवि थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक बहादुर बम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

प्रधानाध्यापक गौरी कुँवरले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक ठन्डराज जोशीले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट