सुदुरपस्चिम प्रदेश सरकारले सुदुरपस्चिम खेलकुद परिषद् सदस्यमा प्रमोद मल्ल लाई मनोनीत गरेको छ।
प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश सचिव डा. हेमराज रेग्मिले मंगलबार एक पत्र जारी गर्दै मल्ललाई परिषद्को सदस्यमा मनोनीत गरिएको जानकारी दिएका हुन् ।
पूर्व फुटबल खेलाडी मल्ल लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय थिए । स्थानिय स्तरमा खेलकुद क्षेत्रलाई सक्रिय रुपमा विभिन्न प्रतियोगिता संचालन गर्दै मल्लले फुटबल तथा क्रिकेट बाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन । बिधालय स्तरको खेलाडीको प्रतियोगिता होस या मुख्यमन्त्री जिल्ला स्तरिय फुटबल प्रतियोगिता जस्ता ठुला प्रतियोगिता सफल रुपमा सम्पन्न गरिसकेका छन ।
मल्लको मनोनयनसँगै परिषद्ले खेलकुद विकास, प्रवर्द्धन तथा विभिन्न प्रतियोगिता सञ्चालनमा थप सक्रियता ल्याउने अपेक्षा गरिएको छ । मन्त्रालयले मल्ललाई मनोनयन गरिएको पत्रमा सुदुरपस्चिम प्रदेश खेलकुद क्षेत्रको प्रवर्द्धन र समग्र विकासमा उहाँको उल्लेखनीय योगदान रहने विश्वास’ व्यक्त गरेको छ ।
परिषद्का सदस्य बनेपछि मल्लले आगामी दिनमा प्रदेशस्तरीय नीति निर्माणदेखि खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।
