सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।