बौनिया/कैलाली क्षेत्र नम्बर-२ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नन्दबहादुर साउदसहित १० जना उम्मेदवारको धरौटी जफत भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। यस क्षेत्रबाट कुल ५६ हजार ५९४ मत खसेकोमा ५२ हजार ६३७ मत सदर भएको थियो। धरौटी जोगाउन कम्तीमा ५ हजार ६६४ मत आवश्यक थियो।नेकपाका उम्मेदवार साउदले चार हजार ३६९ मत मात्रै प्राप्त गरे ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका साउद सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिंह बिसि, नेकपा माओवादीका दिल बहादुर साउद, जनता पार्टीका खगेन्द्र बहादुर रावत, मितेरी पार्टी नेपालकि सम्झना बिष्ट थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका डम्बर रावल, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगर, नेपाल मानवताबादी पार्टी करबिरे कडारा, नेशनल रिपब्लिक नेपालका दल बहादुर बुच्चामगर, स्वतन्त्र राजेश मयाल र अटेरी पार्टीका दिपक रावलको धरौटी जफत भएको हो ।
उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका केपि खनाल १९ हजार ०५७ मत प्राप्त गरी विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरिले ११ हजार ९४९ मत प्राप्त गरेका छन । नेकपा एमालेका सुर्य बहादुर थापाले ७ हजार ८८६ मत पाए, नेपाली कांग्रेसका बिजय बहादुर स्वारले ७ हजार ३१३ मत प्राप्त गरि धरौटी जोगाउन सफल भएका छन् ।
