Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जुम्लामा शाही विजयी, राप्रपाको पहिलो झण्डा फहर्यो

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २३, २०८२
जुम्लामा शाही विजयी, राप्रपाको पहिलो झण्डा फहर्यो

२३ फागुन/जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो पहिलो जीतको खाता खोलेको छ।

शनिबार (फागुन २३) दिउँसो सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार, शाहीले १४ हजार ६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार १२३ मत ल्याए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतको अन्तरले पराजित गरेका छन्।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत प्राप्त गरे। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए र चौथो स्थानमा रहे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनीता कठायतले ३९८ मत मात्र प्राप्त गरिन्, जसका कारण उनको जमानत जफत भएको छ। कठायत यसअघि समानुपातिक सांसद थिइन्।

सम्बन्धित समाचार
ताजा अपडेट