Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दैलेख–२ मा एमालेको जीत,पोखरेल विजयी

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २३, २०८२
दैलेख–२ मा एमालेको जीत,पोखरेल विजयी

२३ फागुन/दैलेख क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्।

पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए ।

पोखरेलको जितसँगै प्रतिनिधिसभामा एमालेको जित संख्या तीन पुगेको छ। यसअघि बाँके–२ र बझाङ–१ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।

अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही ६ हजार ७९७ मतसहित चौथो, नेपाली कम्युनिस्ट पार्टी का योगेन्द्रबहादुर शाही ३ हजार ८५१ मतसहित पाँचौं, र नेपाल मजदुर किसान पार्टी का बखतबहादुर थापा १ हजार ५१२ मतसहित पछि परे।

सम्बन्धित समाचार
ताजा अपडेट