Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका संस्थापक अध्यक्ष बलिराम डगौंरा थारु अब रहेनन्

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २३, २०८२
बर्दगोरियाका संस्थापक अध्यक्ष बलिराम डगौंरा थारु अब रहेनन्

कैलाली – बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारकै क्रममा निधन भएको छ।

लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बर्दगोरिया गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका डगौरा थारुले संघीयताको सुरुवातमा गाउँपालिकाको विकास र संस्थागत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

स्थानीय समुदायमा उनी शालीन, मृदुभाषी र विकासप्रेमी नेताको रूपमा परिचित थिए। उनकाे निधनले क्षेत्रीय राजनीतिको साथै विकास कार्यमा पनि ठूलो क्षति पुगेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट