२३फागुन/कैलाली–१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोमल ज्ञवाली विजयी भएकी छन्। उनले नेपाली कांग्रेसका जनकराज चौधरीलाई झण्डै ५ हजार मतको अन्तरले पराजित गरिन्।
ज्ञवालीले १७,८६२ मत पाउँदा चौधरीले १२,८६७ मत ल्याएका छन्। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८,३९२ मत र नेकपा एमालेका द्वारिका न्यौपानेले १,४९३ मत पाएका छन्।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन्।