बौनिया/कैलालीमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
बिहीबार सम्पन्न मतदानमा ५५.३७ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा जिल्लाभरका ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका हुन्।
निर्वाचन कार्यालयका अनुसार मतदान गर्नेमा १ लाख ६२ हजार ५१ पुरुष, १ लाख ४३ हजार ६७ महिला र ४ जना अन्य रहेका छन्।
निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ मा ५४.४३ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख ८ हजार ४९१ मतदातामध्ये ५९ हजार ६१ जनाले मतदान गरेका छन्।
त्यसैगरी क्षेत्र नं. २ मा ५२.६८ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख ७ हजार ७५७ मतदातामध्ये ५६ हजार ७७० जनाले मतदान गरेका छन्।
क्षेत्र नं. ३ मा ५५.२५ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख ९ हजार १२२ मतदातामध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन्।
क्षेत्र नं. ४ मा ५४.७४ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख १५ हजार १४३ मतदातामध्ये ६३ हजार ३४ जनाले मतदान गरेका छन्।
क्षेत्र नं. ५ मा भने सबैभन्दा बढी ५९.६७ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख १० हजार ५३९ मतदातामध्ये ६५ हजार ९६३ जनाले मतदान गरेका छन्।
हाल मतदान सकिएसँगै मतपेटिका मतगणना स्थलसम्म पुर्याउने कार्य जारी रहेको छ। मतपेटिका संकलन कार्य सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले जानकारी दिएका छन्।