Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्वाँरको चुनावी संकल्प : नीतिगत सुधार, सडक र पूर्वाधार

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन ११, २०८२
स्वाँरको चुनावी संकल्प : नीतिगत सुधार, सडक र पूर्वाधार

कैलाली । नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिजय बहादुर स्वाँरले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् ।

आसन्न फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आफ्नो प्रतिबद्धता अघि सारेका हुन् ।
काँग्रेसको निर्वाचन परिचालन मूल समिति क्षेत्र नं.–२ ले सोमबार संकल्पपत्र सार्वजनिक गर्दै कैलाली निर्वाचन क्षेत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, व्यावसायिक वातावरण, खानेपानी र विद्युतीकरण लगायतका कार्ययोजना रहेको जनाएको छ ।

निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि विद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, साधनस्रोतको परिचालन गरि नेपालीको सिप र पुँजी तथा निजी क्षेत्रलाई प्रमुख आधार स्तम्भका रुपमा अघि सारिएको उनको दाबी छ ।

पूर्वाधार विकासको मेरुदण्ड भएकाले बहुवर्षीय योजनाको कार्यान्वयन र सेती लोकमार्गको यथाशीघ्र निर्माणका लागि आफूले पहल गर्ने उम्मेदवार स्वाँरको घोषणापत्रमा भनिएको छ ।
चिसापानी हुँदै जंगलघाट अछाम सडक, चिसापानी, खिमडी, सोल्टा सडक र महेन्द्र राजमार्ग अन्तर्गत चिसापानीदेखि ४ लेन सडक विस्तार गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै, कृषि, पर्यटन, खेलकुद र कला, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, शहरी योजना र व्यवस्थित बसोबासका लागि संघीय नीतिनियम निर्माण मार्फत पहल गर्ने उम्मेदवार स्वाँरको प्रतिज्ञा छ ।
राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रको संरक्षण, सामाजिक न्याय, विधिको शासन, आर्थिक पारदर्शिता, भ्रष्टाचार निर्मुल गर्न र सुशासनलाई सुदृढ बनाउँदै जनचाहना पूरा गर्न काँग्रेसको रुख चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन् ।
भूमि आयोगको कार्य यथाशीघ्र अघि बढाइने, आधुनिक कृषि प्रणालीको विकास र व्यावसायिकरणमा जोड दिदै बर्दगोरिया, त्रिवेणीधाम, कैलाशधाम धार्मिक तथा पर्यटन क्षेत्रको विस्तारको पहल गरिनेछ ।
‘विद्युतीकरण उत्पादन र उद्योगको आधार हो । विद्युतीकरणमा भएका नीतिगत जटिलता हटाइनेछ । रानीजमरा सिँचाइ परियोजनाबाट कृषि सिँचाइ र विद्युतको उत्पादनमा जोड दिइनेछ । डुडेझारी औद्योगिक क्षेत्रको निर्माण गरिनेछ ।,’ काँग्रेस उम्मेदवार स्वाँरको संकल्पपत्रमा भनिएको छ, ‘
युवा तथा खेलकुदको विकासका लागि बहुउद्देश्यीय रङ्गशाला, प्रदर्शनी स्थल र कलाकेन्द्र निर्माण, बर्दगोरिया, जानकी, मोहन्याल र लम्कीचुहामा निर्माणाधीन अस्पतालको स्तरउन्नति र यथाशीघ्र निर्माणकार्य गरिने छ ।’ घोषणापत्रमा उल्लेख छ ।
उम्मेदवार स्वाँरले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको बताउँदै राजनीतिक संक्रमणलीन अवस्थाको निकास, स्थिर सरकार र दीगो विकासका लागि  गर्ने संकल्प र अठोट भएकाले जनताले आफू विश्वास गरेर बिजयी गराउने बताएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट