दार्चुला/ प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दार्चुलामा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेकपा (एमाले) का सूर्य ध्वजाबाहक उम्मेदवार गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले मालिकार्जुन गाउँपालिका–२ ठिङ भगवती अन्तर्गत न्वालपानी, ठिङ, सिराड र फिरुडी क्षेत्रमा अगुवा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरेको छ।
भेटघाटका क्रममा स्थानीयले ठगुन्नाप्रति अटुट माया, विश्वास र सम्मान व्यक्त गरेका थिए। जनतासँग निरन्तर सम्पर्कमा रहने उनको बानीको स्थानीयले प्रशंसा गर्दै यसपटकको निर्वाचनमा विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन्।
कार्यक्रममा ठगुन्नाले जनताबाट प्राप्त माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्न सधैं प्रतिबद्ध रहने बताए।
यसैबीच एमालेको नीति र नेतृत्वबाट प्रभावित भई नेपाली कांग्रेसका सक्रिय सदस्यहरू किशन सिंह धामी, मदन सिंह धामी, राम सिंह धामी, आन सिंह धामी, बिना धामी, बिस्ना धामी, जानकी धामी, शंकर सिंह धामी, देव सिंह धामी, बेलमति धामी, गौरी धामी, गीता धामी, तारा धामी, दिलप धामी, पदम सिंह धामी, बिमला धामी लगायत ५२ जना एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई उम्मेदवार ठगुन्नाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। एमालेले यसलाई आगामी निर्वाचनमा थप ऊर्जा र जनसमर्थन प्राप्त भएको रूपमा लिएको जनाएको छ।