Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

त्रिवेणी ग्रामिण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ २४, २०८२
त्रिवेणी ग्रामिण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

२४माघ/कैलालीको लम्कीचुहा नगरपालिका ६  गुलरामा रहेको  त्रिवेणि ग्रामीण बिधुत सहकारी सस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बिलारु थारुको सभापतित्वमा भएको कार्यक्रमका  प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकेन्द्र कठायत रहनु भएको थियो ।

संस्थाका उपाध्यक्ष गोबिन्द ओलीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष टेक बहादुर बिस्ट,समाजसेवी महेश रावल ,दल बहादुर रावल ,टंक प्रशाद उपाध्याय , नृप बहादुर परियार सल्लाहकार सदस्य सन्तलाल चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष बिलारु थारुले अध्यक्षको प्रतिबेदन र लेखा समिति संयोजक मान बहादुर शाहीले आर्थिक बर्ष २०८१/०८२ को १ करोड १० लाख ९६ हजार ७ सय ८७ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ६ सय ५६  जना शेयर सदस्यहरुलाइ १/१ वटा उपहार स्वरुप बल्व  बितरण गरिएको थियो ।

कार्यक्रमको संचालन लेखा समिति सदस्य लिला जंग शाहीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट