Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

  • कैलाली दर्पण
  • बिहिबार, माघ २२, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

२२ माघ/बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु भएको आठ जनाकै सनाखत भएको छ।

बैतडीको पुर्चौडी नगरपालिका ७ भवनेबाट बझाङतर्फ बिहेबाट फर्किरहेको पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बोकेको बस जिल्लाको पुर्चौडी ७ बडगाउँ मोडमा आज राति ८ बजेतिर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका र सबैको सनाखत भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी,३५ वर्षीय वसन्त जोशी,४१ वर्षीय विसनदत्त जोशी, बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय वसन्तराज रतला, बैतडी पुर्चौडी ७ कि पुष्पा अवस्थी रहेका छन्।

यस्तै दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्यचौकी पठाइएको उनले बताए। घाइते हुनेमा २७ पुरूष र १८ महिला रहेका छन्।

घाइतेहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।

दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट