३माघ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट राजेन्द्र साउँद लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य बनेका साउँद यसपटक नेकपाबाट कैलाली २ बाट निर्वाचन लड्ने भएका हुन् । साउँद यस क्षेत्रमा चर्चित नेता हुन । उनले प्रदेश सभामा रहदा आफ्नो निर्वाचन क्षेत्रमा धेरै बिकास निर्माणका काम गरेका थिए । उनी बिकास प्रेमी नेताका रुपमा चिनिने गर्दछन ।
निर्वाचन क्षेत्र नम्बर २ मा साउँद उम्मेदवार बन्ने पक्का भएको छ । यसै गरि कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा विरमान चौधरी र ५ मा प्रेम आलेले चुनावको टिकट पक्का भइसकेको छ । कैलाली क्षेत्र नम्बर १ का विषयमा भने अहिले पनि छलफल जारी छ ।