निर्मला शाही/कैलालीको मोहन्याल गाउँपालिकामा तेस्रो पालिका स्तरीय भलिबल प्रतियोगिता बिहिवारदेखि सुरु भएको छ ।
पालिकाको वडा नम्बर ३ मा रहेको मोहन्याल युवा क्लबले माघि पर्वको अवसरमा सञ्चालन गरेको प्रतियोगिताको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले उद्घाटन गरे।
सो अवसरमा उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।
स्थानीय क्षेत्रबाट नै खेलाडी उत्पादन गर्न सकिए खेलकुदको महत्व अझै बढ्ने अध्यक्ष उपाध्यायको भनाइ थियो।
क्लवका अध्यक्ष सागर बोहराको सभापतित्वमा भएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष जय प्रकाश मल्ल,नेपाली काङ्ग्रेसका पार्टी प्रतिनिधि खगेन्द्र बहादुर शाही,नेकपा एमालेका प्रतिनिधि भवानी प्रशाद देवकोटा ,नेकपा प्रतिनिधि जंग बहादुर बगाले ,शान्ति माध्यमिक बिधालयका अध्यक्ष धनराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
क्लवका उपाध्यक्ष गणेश टमट्टाको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमको संचालन सचिव भरत कुमार शाहीले गरेका थिए ।
उद्घाटन खेलमा त्रिवेणि युवा क्लव बढीगाँउ र सुर्यचन्द्र युवा क्लव बडिकाथाइ बिच भएको खेलमा बढीकाथाइले जित हासिल गरेको छ।
प्रतियोगितामा पालिका भरी बाट ८ वटा टिम सहभागी भएका छन् ।पालिका स्तरिय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ३१ हजार १ सय ११ पाउने छ भने द्धितिय हुनेले नगद २० हजार १ सय ११ र तृतीयले रु १२ हजार १ सय ११ ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिने छ।
यस्तै प्रतियोगिताको उत्कृष्ट विधा तर्फ वेस्ट स्पाईकर,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो,बेस्ट प्लेयरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।
आजदेखि सुरु भएको प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।