Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

आजबाट सुरु हुने तेस्रो मोहन्याल स्तरीय भलिबल प्रतियोगिताको पालिका अध्यक्षले उद्घाटन गर्ने

  • कैलाली दर्पण
  • बिहिबार, माघ १, २०८२
आजबाट सुरु हुने तेस्रो मोहन्याल स्तरीय भलिबल प्रतियोगिताको पालिका अध्यक्षले उद्घाटन गर्ने

निर्मला शाही/आजदेखी मोहन्याल गाउँपालिकामा भलिबल प्रतियोगिता सुरु हुँदै छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं.३ फल्लेबिसौनामा  मोहन्याल युवा क्लबको आयोजनामा हुने तेस्रो मोहन्याल गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको आज दिउँसो १ बजे पालिका अध्यक्ष देविदत्त उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लबका सचिब भरत शाहीले जानकारी दिए ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको भलिबल प्रतियोगिता यस बर्ष भने माघी पर्बको अवसर पारी “अनुशासन,आत्मबल, सह अस्तित्व र भविस्यका लागी खेल” भन्ने मुल नाराका साथ यहि माघ १ देखि ३ गतेसम्म  प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष गोर्ख बोहरा( सागर)ले जानकारी दिए ।

भलिबल प्रतियोगिताको माध्यमद्धारा युवा तथा खेलकुदको विकास समाज तथा देशका लागि क्षमतावान्, उत्कृष्ट खेलाडी उत्पादन, खेलको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, एकता र बन्धुत्वको भावना जागृत गराउने र स्थानीय क्षेत्रमा खेलकुद प्रति नागरिकको आकर्षण बढाउने मुल उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव शाहीले बताए ।

प्रतियोगितामा पालिका भित्रका करिब ८ वटा टिमको सहभागिता रहने खेलकुद संयोजक प्रकाश साउँदले जानकारी दिए

पालिका स्तरिय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ३१ हजार १ सय ११ पाउने छ भने द्धितिय हुनेले नगद २० हजार १ सय ११ र तृतीयले रु १२ हजार १ सय ११ ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने खेलकुद संयोजक प्रकाश साउँदले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट विधा तर्फ वेस्ट स्पाईकर,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो,बेस्ट प्लेयरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बोहराले जानकारी दिए ।

क्लबले खेलकुद मात्र नभई सामाजीक उत्तरदायित्वका कार्य जस्तै ,बन क्षेत्रको चोरी निकासी तथा आगालागी नियन्त्रण, गाउँक्षेत्रमा सरसफाई लगाएतका काम गर्दै आएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट