Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, पुस २६, २०८२
बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

बौनिया/कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवामा रहेको बिच भुरुवा ग्रामीण बिधुत सहकारी सस्थाको १९ औं बार्षिक साधारण सभा शनिबार भव्यरुपमा सम्पन्न भएको छ।

साधारणसभाले  बहुउद्देश्यीय सहकारी सस्था संचालन गर्ने निर्णय सहित आर्थिक वर्ष ०८१/०८२ को १ करोड १० लाख ४० हजार ९ सय ३८ रुपैयाँ बराबरको आय,ब्यय समेत अनुमोदन गरेको छ । संस्थाले यस बर्ष ५२ लाख ५३ हजार ६१ रुपैयाँ बचत गर्न सफल भएको छ ।

संस्थाका अध्यक्ष बुद्दीमान जैसी (बसन्त)को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुशीला शाही,बिशिस्ट अतित्थी उप प्रमुख जुना चौधरी ,वडा अध्यक्ष नेत्र खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष जैशिले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसै गरि संस्थाका कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थामा १ हजार ९२ शेयर सदस्य रहेका छन् । कार्यक्रम डेउडा कलाकार ,प्रकाश शाह र प्रतिमा बम सिंहको बेजोड प्रस्तुति सहित बृहत डेउडा खेल ,थारु नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालन सचिब बिना भट्टराईले गरेकी थिइन ।नगर प्रमुख शाहीले आगामी बजेटमा संस्थालाई आवश्यक पर्ने भौतिक संरचना निर्माणकार्यका लागि बजेट ब्यबस्थापन गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट