२० पुस/कञ्चनपुर-२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आकांक्षीबीच चुनाव गरेकाे छ ।
उम्मेदवारकाे सिफारिसका लागि भएको निर्वाचनमा पूर्व सांसद नरबहादुर धामी, पूर्व मेयर अशोक कुमार चन्द र प्रदेश सदस्य पार्वती जाेशी विजयी भएका छन् ।
अब उनीहरूकाे नाम जिल्ला हुँदै केन्द्रसम्म सिफारिस गरिनेछ । चुनावी प्रतिस्पर्धा गरेका एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा र राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय वचन बहादुर सिंह भने पराजित भएका छन् ।
विजयी भएका मध्ये अशोक कुमार चन्दले ६१, धामीले ५७ मत र जोशीले ४४ मत पाएका छन् । पराजित सिंहले ५० र बुढाले ४१ मत ल्याएका छन् ।