१० पुस/लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहिले नेतृत्व र व्यक्तित्व विकास संस्था बाट नै हुने बताउनु भएको छ ।
बिहीवार कैलालीको लम्कीमा रास्कोटी ठकुरीहरुको सामाजिक संस्था मलय बर्मा स्मृति प्रतिस्ठान नेपालको तेस्रो चुनावी साधारणसभा लाई सम्बोधन गर्दै लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले सो कुरा बताउनु भएको हो ।
साथै नगर प्रमुख शाहीले महिला पुरुष दुबैले आफ्नो क्षमता र दक्षता अनुसार आय आर्जन गर्न मुल नेतृत्व बिकासका लागि संघर्ष गर्न आट गर्नुपर्ने समेत बताउनु भयो, । आर्थिक प्रगति गरि सामाजिक क्षेत्रमा स्थापित हुन र राजनीति नेतृत्वमा पुग्न महिलाहरु लाई निकै चुनौतीपूर्ण रहेको अवस्थामा लगनशील हुन आग्रह समेत गर्नु भएको छ ।
मन्दिर शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष सुरेन्द्र बहादुर शाही, दर्शन समाज कैलालीका अध्यक्ष गोबिन्द शाह ,राष्ट्रिय नमुना माध्यमिक बिधालय मोतिपुरका शिक्षक तथा सल्लाहकार सदस्य गुप्त बहादुर शाही, राष्ट्रिय मावि गप्काका शिक्षक जगत बहादुर शाही,समाजसेवी लोकेन्द्र शाही ,महिला नेत्री सुनिता शाह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष लिला जंग शाहीले प्रगति प्रतिबेदन र सचिब खगेन्द्र शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ ।
कार्यक्रममा समग्र लम्कीचुहा क्षेत्रको बिकास र समाज परिवर्तन का निम्ति पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नगर प्रमुख सुशीला शाही र प्रतिस्ठानको स्थापनामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै जेष्ठ सदस्य धर्म बहादुर शाही ( लाहुरे ) लाई प्रमाणपत्र र दोसल्ला ओडाएर अध्यक्ष लिला जंग शाहीले सम्मान गर्नु भएको थियो ।
तेस्रो साधारणसभा बाट अध्यक्षमा सुरेन्द्र बहादुर शाहीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जस्को उपाध्यक्षना गोबिन्द शाही ,सचिवमा लोकेन्द्र शाही , कोषाध्यक्षमा कविता शाही ,सह सचिबमा दिपेन्द्र शाही ,सदस्यहरुमा शेर बहादुर शाही,जगत बहादुर शाही,बिष्णु बहादुर शाही,गणेश बहादुर शाही,धन बहादुर शाही,जैसरा शाही र शारदा शाही रहेका छन ।
यसै गरि लेखा समिति संयोजकमा शोभा शाह सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गोबिन्द शाहले जानकारी दिएका छन् ।
निर्वाचित पदाधिकारीलाई निबर्तमान अध्यक्ष लिला जंग शाही र समितिका सदस्य बम बहादुर शाहीले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमको संचालन सचिब खगेन्द्र शाहीले गरेका थिए ।
