Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियामा व्यावसायिक कुखुरा पालन सम्बन्धि तालिम सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर २५, २०८२
बौनियामा व्यावसायिक कुखुरा पालन सम्बन्धि तालिम सम्पन्न

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा डल्फिन ग्रुपको ‘कृषक लक्षित कार्यक्रम’ अन्तर्गत कुखुरापालक व्यवसायी किसानलाई लक्षित गर्दै १ दिने कुखुरापालन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

डल्फिन ग्रुपले व्यावसायिक किसान बनाउने अभियानमा निरन्तर कृषकहरूका सहयात्री बन्दै यस्ता कार्यक्रम गर्दै आएको छ ।

डल्फिन ग्रुपले स्थानीय किसानहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै आधुनिक कृषि, उत्पादन वृद्धि र व्यवसायिकरणका विषयमा विस्तृत छलफल गर्दै किसानहरूको क्षमतावृद्धि र दीगो आम्दानीको लक्ष्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानिय किसान पबित्रा पुनले आफुहरुलाई व्यवसायिक बनाउन डल्फिन ग्रुपले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । साथै उहले कुखुरा पालन देखि व्यवसाय वृद्धि कसरी गर्न सकिन्छ भन्ने तालिम दिएकोमा खुशी भएको बताउनु भयो ।

कार्यक्रममा डल्फिन ग्रुपका प्राबिधिक प्रमुख होमराज गिरिले कुखुरा पालन देखि कुखुराको खोर लगाएत विभिन्न बिषयमा किसान हरुलाई प्रशिक्षण गर्नु भएको थियो ।
डल्फिन ग्रुपका बजार बिभाग प्रमुख लोकेन्द्र ओझाले संचालन संगै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट