बाैनिया/ सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही ‘शी लिड्स’आइकन २०८२ मा प्रथम विजेता बन्न सफल भएकी छन।
कल्प इम्पावर वेमेन नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा नगर प्रमुख शाहीले ‘शी लिड्स आइकन’को जनमतको आधारमा प्रथम उपाधि जितेकी हुन् ।
नगर प्रमुख शाही लम्की लेडी जेसीजको संस्थापक अध्यक्ष र नेपाल जेसीज बर्ष २०१६ को रास्टिय उपाध्यक्ष समेत हुन। विभिन्न संघ संस्थामा आवद्ध भइ समाज परिबर्तन र समाजको बिकास निर्माणकार्य ,मानव अधिकार ,महिला हिंसा विरुद्ध र महिलाका हकहित स्थापित गर्न निरन्तर लागि रहनु भएको छ।उहाँ २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनी लम्किचुहा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुन ।
उनीसँगै इलाम नगरपालिकाकी विष्णु कुमारी लिम्बु, षडानन्द नगरपालिका उपमेयर प्रमिला राई, बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल, ठाकुरवावा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराई, साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामांग र कुशे गाउँपालिकाकी देविका कुमारी सिंहले सो उपाधि जितेका छन् ।
नगरप्रमुख शाहीले ‘शी लिड्स’ आइकन दोस्रो संस्करण–२०८२ मा मतदान गरेर विजेता बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छिन् । कल्प इम्पावर वेमेनले महिला जनप्रतिनिधिहरूको भोटिङको आधारमा यो उपाधि दिँदै आएको छ । स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स’ आइकन सुरु गरेको आयोजकले जनाएको छ ।
प्रेरणादायी महिला जनप्रतिनिधिमध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरिएको हो । यो दोस्रो संस्करण हो । कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख ओनसरी घर्ती मगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा देश भर बाट नगर प्रमुख ,उप प्रमुख अध्यक्ष र उपाध्यक्ष गरि ३१ जना महिला जनप्रतिनिधि हरुले भाग लिएका थिए ।
