Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

देविराम अधिकारी फाउन्डेसनद्वारा उत्कृष्ट पाँच जना सम्मानित

  • कैलाली दर्पण
  • आइतवार, कार्तिक १६, २०८२
देविराम अधिकारी फाउन्डेसनद्वारा उत्कृष्ट पाँच जना सम्मानित

बाैनिया/देेविराम अधिकारी फाउन्डेसन कैेलाली नेपालले  विभिन्न क्षेत्रका पाँच जना उत्कृष्ट व्यक्ति लाई सम्मान गरेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका ७ ओखडेकोटमा कार्तिक १४ गते त्रिवेणि माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक देविराम अधिकारीले स्थापना गरेको देविराम फाउन्डेसनको प्रथम वार्षिक कार्ययोजना अतर्गत सभापति अधिकारीले आफ्नो ६२ औं जन्मोत्सवको अवसरमा उत्कृष्ट शिक्षक,विद्यार्थी तथा कृषकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा मोहन्याल गाउँपालिकामा २०८२ कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने त्रिवेणि माविका छात्र दिनेश माझिलाई १० हजार, उत्कृष्ट शिक्षकमा मोहन्याल मावि बडिकाथाइका प्रधानाध्यापक मान बहादुर पुन, जनता मावी बागेरवाका प्रधानाध्यापक प्रेम बहादुर रावल लाई जनही ५ हजार र उत्कृष्ट कृषकमा मोहन्याल-६का डम्बर सिंह साउँद ,मोहन्याल -७ कि पार्वती देवि कठायत लाई जनही ५ हजार र मारुनी टिम लाई ६ हजार नगत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ।

संस्थापक सभापति देविराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल ब साउद, विशिष्ट अतिथि नवराज कठायत , टिकाराम भण्डारि, खर प्रसाद अधिकारी लगायत विभिन्न बिद्यालयका प्रधानाध्यापक शिक्षक विद्यार्थी , स्थानिय कृषकहरु, व्यापारी बुद्दिजिवि लगायतकाे उपस्थिति रहेकाे थियोे ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै फाउन्डेसनका सस्थापक सभापति  देविराम अधिकारीले आगामि दिनमा माेहन्यालका उत्कृष्ट क्लव, उत्कृष्ट धार्मिक संस्थालाई पनि समेटिने र आफ्नै निजि लगानिमा यस फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्नेे सभापति अधिकारीले बताउनु भयो ।

कार्यक्रमको संचालन शिक्षक रामनाथ जैशीले गर्नु भएको थियो

सम्बन्धित समाचार
ताजा अपडेट