Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सरस्वती माविमा दशैं तिहारको शुभकामना आदानप्रदान सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, अशोज ५, २०८२
सरस्वती माविमा दशैं तिहारको शुभकामना आदानप्रदान सम्पन्न

५असोज/कैलालीको लम्कीचुहा नगरपालिका-९ स्थित प्रतापपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विजया दशमी र शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानाध्यापक डेविट बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद चौधरी रहनु भएको थियो भने विशिस्ट अतिथिमा प्रतापुर बजार व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद तिमिल्सेना रहनु भएको थियो।

शिक्षक तथा सूचना अधिकारी बिरेन्द्र न्यौपानेको स्वागत मन्तव्य  संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष राम प्रशाद चौधरी ,बिशिस्ट अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष अनिता सार्की ,प्रतापपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष तारा प्रशाद तिमिल्सेना,किसान बहुउद्देश्यीय सहकारी सस्थाका प्रतिनिधि खेमराज मुडभरी,प्रतापपुर ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष ईश्वर जोशी,शिक्षक अभिभावक संघ का पुर्व अध्यक्ष गणेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रशाद अधिकारीले गरेका थिए ।कार्यक्रममा विद्यार्थीहरुले ,गजल,कबिता र  सास्कृती नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट