Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ २७, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

२७भाद्र/अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट