बाैनिया/टीकापुर उद्योग वाणिज्य संघको २६ औं साधारणसभाको निर्वाचन बाट अध्यक्ष पदमा सन्तोष खड्का विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी कृष्ण प्रशाद उपाध्याय लाई ११३ मतले पराजित गर्दै अध्यक्षमा खड्का विजयी भएका हुन । विजयी खड्काले ६२७ मत प्राप्त गर्दा उपाध्यायले ५ सय १४ मत पाएका थिए ।
यस्तै उपाध्यक्ष उद्योगमा दिपेन्द्र रावलले ५ सय ७० मत प्राप्त गरि विजयि भएका छन। प्रतिस्पर्धी तपेन्द्र कुँवरले ५ सय २३ मत ल्याए।
उपाध्यक्ष वाणिज्यमा अर्जुन प्रसाद भट्टराई ५ सय ४५ मत सहित विजयी भएका छ्न । प्रतिद्वन्द्वी लोकेश साउँदले ५ सय २३ मत प्राप्त गरे।
यसैगरी महासचिवमा प्रकाश उपाध्याय तिमिल्सेनाले १० मतान्तरले पृथ्वी राज ढुंगानालाई पराजित गरेका छन। तिमिल्सेनाले ५ सय ६१ मत ल्याउदा प्रतिस्पर्धी ढुंगानाले ५ सय ५१ मत ल्याए।
सचीवमा प्रकाश शाह बिजयी भएका छन।उनले ५ सय ५४ मत प्राप्त गर्दा हिक्मत रावलले ५ सय १४ मत ल्याए ।
कोषाध्यक्षमा ५ सय ७० मतले टीका शाही विजयी भएका छन ।उनका प्रतिद्वन्दी टेक बहादुर सोडारिले ५ सय ३५ मत पाए।
यस्तै सदस्यहरूमा हेमन्त रिमाल, उपेन्द्र बटाला, शैलेश साउद , रूपक बिष्ट, दीपक साउद , जनक बिष्ट , सर्पराज साउद र विजय धामी निर्वाचित भएका छन।
यस्तै आरक्षण सदस्यतर्फमा महिलातर्फ जानकी शाह, जनजातितर्फ सन्तोष कठरिया र दलिततर्फ रमेश तिखातरी(दमाई) विजयी भएका छन।
१३ सय ५४ मतदाता रहेका टिकापुर उद्योग वाणिज्य संघको निर्वाचनमा १ ह्जार १ सय ७९ ले मतदान गरेका थिए ।