Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता हुने, विजेतालाई ८५हजार

  • कैलाली दर्पण
  • बिहिबार, भदौ १९, २०८२
बर्दगोरियामा विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता हुने, विजेतालाई ८५हजार

बर्दगोरिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि सो प्रतियोगिता हुने अध्यक्ष प्रमोद मल्ल जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेल्ने मल्लको भनाई छ । बिद्यार्थीको प्रतिभा उजागर गर्न गत बर्ष जिल्ला ब्यापी फुटबल प्रतियोगिताको सफलता पश्चात् यश बर्ष प्रदेश व्यापी आयोजना गर्न लागेको मल्लले बताए ।

जिल्लामा महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले गत बर्ष छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेको र उत्साह पुर्ण सहभागिता र महिलाहरुको खेलप्रतिको रुचिले यश बर्ष पनि निरन्तरता दिईएको बताए । प्रतियोगिताले फुटबल खेलाडीको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा ३२ छात्रा /छात्र को बिधालयलाई समाबेश गराईने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट