Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

समाचारको प्रभाव, प्रतापपुर बजार व्यवस्थापन समितिको शपथ ग्रहण सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, भदौ १८, २०८२
समाचारको प्रभाव, प्रतापपुर बजार व्यवस्थापन समितिको शपथ ग्रहण सम्पन्न

१८भाद्र/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुर बजार ब्यबस्थापन समितिको सातौं चुनावी साधारण सभा बाट निर्वाचित कार्यसमितिको गोपनियताको सपथ ग्रहण बुधवार सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक खड्क बहादुर चौधरीले गोपनियताको सपथ तथा प्रतिबद्धताको सपथ ग्रहण गराउनु भएको थियो ।

भाद्र १४ गते सम्पन्न भएको सातौं चुनावी साधारणसभा बाट अध्यक्षमा तारा प्रसाद तिमिल्सेना,उपाध्यक्षमा रुपराज गहरात, सचिबमा बिमला बोहरा ,कोषाध्यक्षमा जगत सुनार र सह-सचिवमा नारायण प्रशाद न्यौपाने निर्वाचित भएका थिए । यसै गरि सदस्यहरुमा लक्ष्मी प्रशाद चौलागाईं ,शंकर चौधरी ,प्रेमबहादुर चौधरी र धुव नारायण चौधरी निर्वाचित भएका छन।

निवर्तमान अध्यक्ष जित बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्कीचुहा नगरपालिका ९ नम्बर वडा अध्यक्ष राम प्रशाद चौधरी रहनु भएको थियो ।

प्रतापपुर बजार ब्यबस्थापन समितिको २०७५ सालमा जित बहादुर चौधरीको अध्यक्षता निर्वाचित भएको कार्यसमितिले २०७६ देखि २०८२ साल सम्म साधारण सभा नगरी आर्थिक पारदर्शिता समेत नगरेको भनेर कोसेली एफएम बाट श्रावण ११ गते समाचार प्रशारण भएको थियो ।

सोहि समाचारले गर्दा बजार समितिका अध्यक्ष जित बहादुर चौधरीले यही भाद्र मसान्तसम्म लेखा परिक्षण गरि आय ब्यय बुझाउने लिखित प्रतिबद्धता गर्नु भएको छ । नव निर्वाचित अध्यक्ष तिमिल्सेनाले आफ्नो कार्यकालमा सक्रिय ईमान्दारी पुर्बक ब्यापारीहरुको व्यावसायिक हकहित र आर्थिक पारदर्शिता गर्ने गरि काम गर्ने बताएका छन ।

यसै गरि अध्यक्ष तिमिल्सेनाले कृषि हाट बजार ,सरसफाइ ,बृक्षारोपन लगायतका कार्यगर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रतापपुर बजार २०४४ सालमा ग्रामीण क्षेत्रमा स्थापना गरिएको बजार हो ।

सम्बन्धित समाचार
ताजा अपडेट