६भाद्र,बौनिया/अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा भरत साउँद (आलोक) निर्विरोध निर्वाचित भएका छन्।
पहिलो जिल्ला अधिवेशनले साउदको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
संघको जिल्ला उपाध्यक्षमा रमेश एडी,सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सह–सचिवमा तिलक राज ढुङ्गाना(तपेन्द्र) चयन भएका छन्। समावेशी सदस्यतामा प्रेम विक र सागर चौधरी, खुला सदस्यतामा गणेश विष्ट र यज्ञराज अवस्थी चयन भएका छन्।
यसैगरी प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दीपक रावललाई दिइएको छ। सदस्यमा भरत रिमाल चयन भएका छन्।
नवनिर्वाचित जिल्ला कार्यसमितिलाई निर्वाचन समिति संयोजक लिला राज शाहीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
बुधवार कैलालीको चिसापानीमा आयोजक समितिका संयोजक दिपक रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सिंह सार्की रहनु भएको थियो । यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिलाराज शाही र अनलाइन टिभी पत्रकार संघका केन्द्रीय सदस्य बिरेन्द्र धामी बिशिस्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा प्रदेश अध्यक्ष भक्तराज जोशी, प्रेस चौतारी नेपाल कैलाली इन्चार्ज हरि जोशी ,प्रेस चौतारी प्रदेश महासचिव भानुभक्त आचार्य ,नेपाल पत्रकार महासंघ कैलाली सदस्य चन्द्र प्रशाद खनाल,बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष वसन्त जैसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन प्रदेश महासचिव टिकाराम साउदले गरेका थिए । कार्यक्रममा अनलाइन टिभी पत्रकार संघका ७१ जनाको उपस्थिति रहेको थियो ।
