Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नोबेल स्कुलले गर्‍यो कक्षा १२ को परीक्षामा उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान

  • कैलाली दर्पण
  • बिहिबार, भदौ ५, २०८२
नोबेल स्कुलले गर्‍यो कक्षा १२ को परीक्षामा उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान

५ भाद्र,बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोबेल सेकेण्डरी विद्यालयले (NEB) कक्षा १२ परीक्षामा उतिर्ण हुने विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरेको छ ।

यश क्षेत्र तथा बर्दगोरिया गाउँपालिकामै सर्वोत्कृष्ट अंक ल्याउने सन्दिप स्वारलाई नगद ५ हजारले सम्मान गरेको हो । सन्दिपले कक्षा १२ मा ३.७६ जिपिए ल्याउन सफल भएका थिए । बिधालयले सन्दिपका बुवा देव राज सिंह स्वारलाई नगद सहित खादा ओढाएर सम्मान गरेको हो । साथै बिधालयले (A)ल्याउने बिद्यार्थीलाई नगद २ हजारले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले संस्थागत बिधालयले राम्रो नतिजा ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उपाध्यक्ष गिरिले पढाईमा डर मान्नु हुदैन जसले डर मान्छ त्यो विद्यार्थी सधै पछाडी पर्ने हुदा डर नकारात्मक कुराम मात्र मान्नु पर्ने बताउनु भयो । उहाँले हरेक परिवर्तन शिक्षामार्फत सम्भव रहेको उल्लेख गर्दै गाउँपालिकाले सोही अनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास संयोजक तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले कक्षा १२ परिक्षामा उतिर्ण भएका बिद्यार्थीहरुलाई शुभकामना दिदै संस्थागत बिधालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष तथा उत्कृष्ट जिपिए ल्याउने सन्दिप स्वारका अभिभावक देव राज सिंह स्वारले बाबुको मेहनत र बिधालयको लगावले उत्कृष्ट अन्क ल्याउन सफल भएको बताउदै अन्य विद्यार्थीहरुलाई उहाँले राम्रो संग पढेमा अरुको पनि यसै गरि नतिजा राम्रो आउने बताए ।

कार्यक्रमको संचालन गर्दै प्रिन्सिपल राजेन्द्र भटले बिधालयले NEB परीक्षामा सहभागी ११० जना विद्यार्थी मध्ये (A+), १ जना (A), ७ जना (B+), १९ जना (B) ३३ जना र (C+) १८ जनाले ग्रेड ल्याउँदै उत्तीर्ण हुन सफल भएको बताए ।

कार्यक्रमको समापन गर्दै संस्थापक सुरेश खडका विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट